वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ३० वैशाख, काठमाडौं ।
  • प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाअनुसार आयरल्यान्ड पठाउने भनी ४१ लाख ९० हजार रुपियाँ ठगी गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.

 

३० वैशाख, काठमाडौं ।

प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाअनुसार आयरल्यान्ड पठाउने भनी ४१ लाख ९० हजार रुपियाँ ठगी गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. १ का ३५ वर्षीय प्रेमबहादुर साउद पक्राउ परेका छन् ।

यसैगरी, बेरोजगार युवायुवतीलाई आकर्षक तलब हुन्छ भनी लामो समय झुक्याएर राखी १० लाख रुपियाँ ठगी गर्ने स्थायी घर सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ८ भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ बस्ने २१ वर्षीय ललित बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धन तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?