बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २८, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २८ असार, धनगढी ।
  • बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
  • दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

२८ असार, धनगढी ।

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए । गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेको डीएसपी जोराले बताए । उनीहरु मध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीप सडकबाट करीब ७० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको लागि विदेशी मुद्राको विनिमयदर
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
धनुषामा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
धोबीखोलामा मृ*त भेटिएका युवकको पहिचान खुल्यो
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’