राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • २७ असार, काठमाडौं ।
  • झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
  • ०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ ।

२७ असार, काठमाडौं ।

झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । ०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ ।

केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीसहित ठेक्का पाएको वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रालि, कान्तिपथ र कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो । आव ०७६/७७ मा उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न अख्तियारको माग छ ।

अख्तियारले शुक्रबार विशेष अदालतमा दायर गरेको मुद्दामा भनिएको छ, ‘बोलपत्र दस्तावेज मा उल्लेख भएअनुसार प्रत्येक स्टोरेज कन्ट्रोलरमा २.४ गिगाहर्ज कार्यक्षमताको २४ कोर प्रोसेसर जडान गर्नुपर्नेमा ओराकल जेडएफएस स्टोरेस अप्लायन्स जेडएस–२ कन्ट्रोलरमा २.१ गिगाहर्जको प्रोसेसर मात्र राखिएको पाइएको छ ।’ प्राविधिकरुपमा २.४ गिगाहर्जको प्रोसेसरको प्रति सेकेन्ड ३०० मिलियन बढी निर्देशन प्रक्रिया (कम्प्युटिङ) गर्न सक्छ । जुन २.१ गिगाहर्ज कार्यक्षमताको प्रोसेसरको तुलनामा १४.२८ प्रतिशत बढी हुनेहुँदा खरिद सम्झौतामा गुणस्तरीय कम्प्युटर उपकरण देखाएर कमसल सामग्री जडान गरिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
६ वटा संसदीय समितिको बैठक आज बस्दै
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन
शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह