ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि चुक्यो नेपाल

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ३, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  •   ३ असार, काठमाडौँ ।
  • टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ ।
  • १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.

 

३ असार, काठमाडौँ । टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ ।

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालले शुरूदेखि नै लगातार विकेट गुमाएको थियो । नेपालले पावर प्लेको छैटौँ ओभर नसकिँदै चौथो विकेट गुमाएको थियो । नेपालले ५.४ ओभरमा चार विकेट गुमाएको हो । यो बेला २४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन जोडे । यस्तै दीपेन्द्रसिंह ऐरीले २५ रन बनाए । दुई ब्याटरले अर्धशतकीय साझदारी गरे पनि जीत दिलाउन सकेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ