टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १२ भदौ , काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही सोमाबर टुँडिखेलमा सत्तारुढ दलका शीर्ष नेताहरूविरुद्ध नाराबाजी गरेका युवालाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ।
  • प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूको विरोध गर्ने युवालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
  • सांसद ढकालले ती युवालाई तत्तकाल रिहा गरिनुपर्ने बताए ।

 

१२ भदौ , काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही सोमाबर टुँडिखेलमा सत्तारुढ दलका शीर्ष नेताहरूविरुद्ध नाराबाजी गरेका युवालाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ। प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूको विरोध गर्ने युवालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् । सांसद ढकालले ती युवालाई तत्तकाल रिहा गरिनुपर्ने बताए । अराजक शैलीको बहानामा सरकारले ती युवाहरूलाई नियन्त्रणमा लिएर गलत गरेको उनले बताए । ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैलीको बाहनामा सरकारले ती युवालाई हिरासतमा राखेको रहेछ, यो विल्कुल गलत भएको छ’, उनले भने, ‘विरोधका बोलीहरू त्यो पनि युवाले राखेका थिए । जसलाई राज्यले सुन्नसक्ने धैर्यता राख्नुपर्छ । युवाहरूले सिंहदरबारभित्रका बेइमानलाई खबरदारी गर्दा यसरी समात्न पाइँदैन । म तत्काल रिहा गर्न माग गर्छु ।’सामाजिक सञ्जालमा लेखेकै भरमा देशभरका विभिन्न ठाउँका युवाहरूलाई पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए । अन्तिम समयमा कमिलाको पनि प्वाँख पलाउने बताउँदै सरकारले रवैया त्यस्तै हुँदै गएको जिकिर गरे । ‘हामी पनि यस विषयमा संवेदनशील छौं । सरकारले यो विषयमा रवैया देखाए कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई ध्यानाकार्षण गराउन चाहन्छु, गौराको अवसरमा त्यहाँ आएका युवालाई समात्ने हो भने टुँडिखेलका युवा सबै समात्नुपर्छ । क्यामेराले भेटेको, देखेको थिएन होला ? के गर्नुहुन्छ ? युवालाई त्रसित नबनाउनुस’, ढकालले भने । गौरा पर्वको अवसरमा टुँडिखेलमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूविरुद्ध आपत्तिजनक शब्दसहित युवाहरूले नारा लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको भीड
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी