देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २१, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २१ असार, काठमाडौं ।
  • बाढी र पहिरोका कारण देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
  • शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार ४ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

२१ असार, काठमाडौं ।

बाढी र पहिरोका कारण देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार ४ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । अविरल वर्षाका कारण संखुवासभास्थित कोशी राजमार्गमा पूर्णरूपमा अवरोध छ ।

त्यस्तै, पहिरोका कारण काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड तथा सिन्धुपाल्चोकको अरनिको राजमार्ग अवरुद्ध छ । यसैगरी, बाढीका कारण डोल्पाको भेरी करिडोर र रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । जाजरकोटको मध्य पहाडी राजमार्ग र बाजुराको मार्तडी–कोल्टी कच्ची सडक अवरुद्ध रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?