टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २१, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २१ असार, टीकापुर ।
  •   टीकापुर नगरपालिकाले प्लाष्टिक झोलामा रोक लगाउने भएको छ।
  • उसले साउन १ गतेदेखि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा रोक लगाउने भन्दै सूचना जारी गरेको छ।

२१ असार, टीकापुर । 

टीकापुर नगरपालिकाले प्लाष्टिक झोलामा रोक लगाउने भएको छ। उसले साउन १ गतेदेखि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा रोक लगाउने भन्दै सूचना जारी गरेको छ। नगरपालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउनेबारे टीकापुरस्थित विभिन्न व्यवसायीहरूसँग छलफल थालेको छ।

छलफलमा नगर प्रमुख रामलाल डगौरा थारुले जल, जमिन, वातावरण र मानिसका लागि निकै हानिकारक मानिएको प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहन गर्न सबै नगरबासी तथा व्यवसायीहरू एकजुट हुनुपर्ने बताए।   ‘हाम्रो वातावरण र मानव स्वास्थ्यका लागि हानिकारक मानिएको प्लाष्टिक झोला मात्रै रोक्न सक्ने हो भने पनि धेरै राहत हुन्छ,’ उनले भने, ‘व्यवसायी, उपभोक्ता सबैले सहयोग गरे छिट्टै टीकापुरलाई प्लाष्टिकमुक्त नगर बनाउन सकिन्छ।’ कार्यक्रमका सहभागीहरूले प्लाष्टिक झोला बन्द गर्ने नगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताउँदै पालिकाले कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए। नगरपालिकाले गत वर्ष नै प्लाष्टिक झोला बन्द गर्न ऐन पारित गरिसकेको छ।

ऐनमा प्लाष्टिक झोला बन्द गरेपछि बिक्री गर्ने व्यापारीलाई पहिलो पटकको लागि १ हजार, दोश्रो पटक ३ हजार र तेश्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। ऐनमा प्लाष्टिक झोला प्रयोग गर्ने उपभोक्तालाई समेत जरिवाना गर्ने व्यवस्था छ। ऐनमा उपभोक्ताले प्रयोग गरे पहिलो पटक १० रुपैयाँ, दोश्रो पटक ५० रुपैयाँ र तेश्रो पटक १ शय रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गर्ने, छलफललाई प्रभावकारी बनाउने, प्रचारप्रसार गर्ने तयारी थालेको सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली
रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर
२७ वटा हराएका दुई पाङग्रे सवारी साधन प्रहरीद्वारा धनीलाई हस्तान्तरण
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते