सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २० असार, काठमाडौं ।
  •   सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द भएका छन् ।
  • यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जानकारी दिएको हो ।

२० असार, काठमाडौं । 

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जानकारी दिएको हो ।’

आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (eDL प्रणाली, Online आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली)हरूका सबै सेवा बन्द भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘साथै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?