तीन दिनदेखि लगातार बढ्यो सेयर बजार

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आषाढ १७, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १७ असार, काठमाडौं ।
  • तीन दिनदेखि सेयर बजार लगातार बढेको छ ।
  • मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.

१७ असार, काठमाडौं ।

तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो ।  आजको वृद्धिपछि २६६० मा कायम भएको छ । मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । २१७ कम्पनीको मूल्य बढ्यो भने ३१ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।

बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनानस २.२२, निर्जीवन बीमा १.०५, अन्य ०.४८ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशत घटे । सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य बराबर ९.८७ प्रतिशत बढ्यो । त्यस्तै बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?