मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
सारांश
- १६ असार, काठमाडौं ।
- मुगुमा आज पनि भूकम्प गएको छ ।
- आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.

१६ असार, काठमाडौं ।
मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया