एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ १५, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • १५ असार, काठमाडौं ।
  • मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।
  • क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२० रनको योगफल तयार पारेको हो ।

१५ असार, काठमाडौं ।

मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२० रनको योगफल तयार पारेको हो । नेपालका लागि ओपनर प्रशिद्ध जैसीले १३२ रनको योगदान दिए । ११४ बल खेलेका प्रशिद्धले १५ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै, रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए । यसैगरी, सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे । इन्डोनेसियाका लागि केटुक डर्माले २, रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १-१ विकेट लिए ।  नेपालले यसअघि सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो । यु-१६ इस्ट जोन कपमा नेपालसहित १० टिम सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटान छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
मन्त्रिपरिषद् निर्णय: प्रसारणलाइन दायाँ-बायाँ रुख रोप्न निषेध
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ – विनोद चौधरी
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दु*र्घटना
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण