प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ ८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ८ असार, काठमाडौं ।
  • नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आवश्यकताको आधारमा योजना छनोट नगरेको बताएका छन् ।
  • काठमाडौं बसेर काठमाडौंमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसकेको बताए ।

८ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आवश्यकताको आधारमा योजना छनोट नगरेको बताएका छन् । काठमाडौं बसेर काठमाडौंमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसकेको बताए ।

पार्टीमा पनि नेता रहेका प्रकाशमान सिंहले बजेटमा गरेको असमान वितरणको हिसाब किताब पार्टीको १५औं महाधिवेशनमा गर्ने चेतावनी दिए । ‘तपाईं सुध्रिनुस् भनेर भनिदिएको हो । हरेक मान्छेले तपाईंलाई चयाप्दै ल्याएको छ,’ उनी भन्छन्, ‘१५औं महाधिवेशनमा तपाईंसँगको कुराको छलफल हुन्छ । हामी पनि महाधिवेशन चुनाव जितेर आउँला नि,’ सांसद कान्छारामले भने । बजेटको असमान वितरणबारे पार्टीमै कुरा राख्न खोजेको पनि उनले बताए । दलले बैठक नराखेकोले संसद्‍मै राखेको उनले बताए ।

पार्टी सभापति हुने भनेर आशा गरेको व्यक्तिबाट असमान बजेट वितरण हुनुले दु:ख लागेको उनको भनाइ छ । सांसद तामाङले अर्थमन्त्री विष्णु पौडेले पनि आफ्नो र शीर्ष नेताको निर्वाचन क्षेत्र मात्रै हेरेको आरोप लगाए । सहरी विकास मन्त्री र अर्थमन्त्रीले मित लगाए जस्तो योजना साटासाट गरेको टिप्पणी गरे । सांसद तामाङले सहरी विकासमन्त्री सिंह र अर्थमन्त्री विष्णु पौडेल दुवै २०८४ को चुनावमा पुन: चुनाव जितेर संसद्‍मा नआउन् भन्ने कामना पनि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने