मिथिलाञ्चलमा छायो चैती छठको रौनक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १९, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १९ चैत, काठमाडौँ- मिथिलाञ्चलसहित तराई-मधेशका जिल्लामा चैती छठ सुरु भएको छ।
  • चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबार सुरु भएको हो।
  • यो पर्वमा पनि मुख्यरूपमा षष्ठी तिथिको अस्ताउँदो र सप्तमीको उदाउँदो सूर्यको पूजालाई मुख्य मानिने बाबा जलेश्वरनाथ महादेवको पुजारी उपेन्द्र पाठकले बताए।

 

१९ चैत, काठमाडौँ-

मिथिलाञ्चलसहित तराई-मधेशका जिल्लामा चैती छठ सुरु भएको छ। चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबार सुरु भएको हो। यो पर्वमा पनि मुख्यरूपमा षष्ठी तिथिको अस्ताउँदो र सप्तमीको उदाउँदो सूर्यको पूजालाई मुख्य मानिने बाबा जलेश्वरनाथ महादेवको पुजारी उपेन्द्र पाठकले बताए। त्यसका लागि तयारीस्वरूप अन्य विधि अपनाइने उनले जानकारी दिए।

पहिलो दिन ‘नहा खा’ अर्थात् नुहाएर खाने काम गरेका व्रतालु मंगलबार खरना विधि गर्दैछन्। व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्ने र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन छ। षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको पण्डित पाठकले जानकारी दिए।

उनका अनुसार त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातकालीन सूर्यलाई अर्घ दिइ चैती छठ पर्व सम्पन्न गर्छन्। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउजस्ता जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ। सत्य अहिंसाप्रति रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न यो पर्व मनाइने पाठक बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
बाम्का बजार आगलागी: राहत बाँड्न समिति गठन
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त