धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष ११, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ११ पुस,  धनुषामा हत्या गरेर गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
  •   मिथिला नगरपालिका-३ हरिहरपुरस्थित मुसहरी टोल निवासी ५० वर्षीया रेशमीदेवीको शव फेला परेको हो।
  •   उनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

११ पुस,  धनुषामा हत्या गरेर गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।  मिथिला नगरपालिका-३ हरिहरपुरस्थित मुसहरी टोल निवासी ५० वर्षीया रेशमीदेवीको शव फेला परेको हो।  उनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रेशमीदेवीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै पति ५५ वर्षीय दशैया मुखिया बिनलाई पक्राउ गरेको छ।  गएको मंगलबार रातिदेखि हराइरहेकी रेशमीदेवीको खोजतलास गर्ने क्रममा बुधबार साँझ गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए। ‘प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको क्रममा हत्या भएको देखिन्छ,

उनले भने, ‘हामीले आरोपीलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान अघि बढाएका छौँ।’ गाडिएको ठाउँमा शव निकालेर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगेको छ। दशैयाले सधैँ रक्सी खाएर पत्नीलाई कुटपिट गर्दै आएका छिमेकीले बताएका छन्। घरमा पतिपत्नी र बुहारी बस्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल