शीर्ष नेताको बैठक स्थगित

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ ५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ५ असार, काठमाडौं ।
  • शीर्ष नेताको बैठक स्थगित भएको छ।
  • दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक स्थगित भएको हो।

५ असार, काठमाडौं ।

शीर्ष नेताको बैठक स्थगित भएको छ। दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक स्थगित भएको हो। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले आजको बैठक स्थगित भएको सूचना आएको जानकारी दिए।

यता प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले पनि आजको बैठक स्थगित भएको जानकारी दिए। ‘बैठक स्थगित भयो’ उनले भने। यसअघि प्रधानमन्त्री ओलीले बुधबारका लागि बैठक डाकेका थिए। बुधबार प्रचण्ड काठमाडौँबाहिर भएकोले बैठक स्थगित भएको थियो। आज प्रचण्ड काठमाडौँ आइसकेपछि बैठक बस्ने भनिएको समय घर्किसकेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?