दश महिनामा प्रदेश सरकारहरुले गरे रु एक खर्ब खर्च

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ २८, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २८ जेठ, काठमाडौं ।
  • चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् ।
  • नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् ।

२८ जेठ, काठमाडौं ।

चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु ६० अर्ब उपलब्ध गराएको थियो ।

सशर्त अनुदान रु २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान रु ६ अर्ब २० करोड उपलब्ध गराएको थियो । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु एक खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु ३८ अर्ब ६२ करोड रहेको थियो । केन्द्रीय बैंकका अनुसार, गत वैशाख मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु तीन खर्ब ३६० अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

विसं २०८१ असार मसान्तमा यस्तो मौज्दात रु ९३ अर्ब ९६ करोड रहेको थियो । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु नौ खर्ब २२ अर्ब ४३ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु आठ खर्ब २८ अर्ब ९४ करोड र गैर कर राजस्व रु.९३ अर्ब ४९ करोड परिचालन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामासरकारको कुल खर्च रु ११ खर्ब ५७ अर्ब ८९ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु सात खर्ब ७३ अर्ब २३ करोड, पुँजिगत खर्च रु एक खर्ब २० अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु दुई खर्ब ६४ अर्ब २९ करोड रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव