प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • ३० जेठ, काठमाडौं ।
  •   प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।
  • दलहरुबीच सहमति भएसँगै बैठक जेठ १३ गतेपछि पहिलो पटक बसेको हो ।

३० जेठ, काठमाडौं । 

प्रतिनिधि सभाको बैठक बसिरहेको छ । दलहरुबीच सहमति भएसँगै बैठक जेठ १३ गतेपछि पहिलो पटक बसेको हो । यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामासँगै उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै विपक्षी दलहरुले बैठक चल्न दिएका थिएनन् ।  आज पनि सांसदहरुले भिजिट भिसा प्रकरणलाई जोडतोडले उचालेका छन् ।

रास्वपाका मनिष झाले बोलेसँगै आन्दोलन जारी भएको भन्दै नाराबाजी भएको छ । नाराबाजीबीच गृहमन्त्री रमेश लेखकले सम्बोधन गरेका छन् । उनले आफू कहीँ कतैबाट पनि भिजिट भिसा प्रकरणमा नमुछिएको दाबी गरेका छन् ।  उनले कर्मचारीको भ्रष्टाचारका कारण मन्त्रीले राजीनामा दिने हो भने विगतका फाइल पनि पल्टाउन सबै राजी हो त भनी चुनौती दिएका छन् ।  मन्त्री लेखकले आफूले कुनै पनि अनुसन्धान प्रभावित पार्न नदिनेसमेत बताएका छन् ।  उनले आफ्नो नैतिकताबारे स्पष्ट पारेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा आफूले कुनै हस्तक्षेप नगर्ने आश्वासनसमेत दिएका छन् ।  मन्त्री लेखकले आफूले आफ्नो भनाइ राख्न पाउनु पर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा
देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो