अमेरिकाको लस एन्जलसमा कर्फ्युपछि स्थिति सामान्य

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ २९, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २९ जेठ, अमेरिका ।
  • अमेरिकाको लस एन्जलसमा रातको समयमा कर्फ्यु लगाएपछि स्थिति सामान्य देखिएको छ ।
  • धेरै दिनको विरोध प्रदर्शनपछि कर्फ्यु लगाइएको पहिलो रातमा चार सय जना पक्राउ परेपछि अवस्था सामान्य हुँदै गएको छ ।

२९ जेठ, अमेरिका ।

अमेरिकाको लस एन्जलसमा रातको समयमा कर्फ्यु लगाएपछि स्थिति सामान्य देखिएको छ । धेरै दिनको विरोध प्रदर्शनपछि कर्फ्यु लगाइएको पहिलो रातमा चार सय जना पक्राउ परेपछि अवस्था सामान्य हुँदै गएको छ । पक्राउ पर्नेमा तीन सय ३० जना कागजात नभएका आप्रवासी छन् । अन्य एक सय ७० जनालाई तोडफोडका कारण पक्राउ परेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ ।

यस्तै प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरेको आरोपमा पनि दुई जना पक्राउ परेका छन् । प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन चार हजार राष्ट्रिय सुरक्षा गार्ड र चार सय समुद्री सेना तैनाथ गरिएको थियो । लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको आरोप लगाउनुभएको छ । व्यापार व्यवसाय नै प्रभावित भएका कारण कर्फ्यु घोषणा गर्नुपरेको उहाँको भनाइ छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा गार्ड तथा समुद्री सेना तैनाथ गर्ने निर्णयलाई धेरैले घातक भन्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
७ सदस्यीय संसदीय छानबिन समिति गठन
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
पत्रकार बिपेन्द्र साहमाथि सांघातिक हमला
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने