पत्रकार बिपेन्द्र साहमाथि सांघातिक हमला

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १० फागुन,  सर्लाही।
  •   प्राइम टेलिभिजनका सर्लाही जिल्ला संवाददाता एवं सौर्य अनलाइन खबरका प्रधान सम्पादक बिपेन्द्र कुमार साहमाथि शुक्रवार सांघातिक हमला भएको छ।
  • सर्लाहीको पर्सा गाउँपालिका वडा नं.

 

१० फागुन,  सर्लाही।  प्राइम टेलिभिजनका सर्लाही जिल्ला संवाददाता एवं सौर्य अनलाइन खबरका प्रधान सम्पादक बिपेन्द्र कुमार साहमाथि शुक्रवार सांघातिक हमला भएको छ। सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ निवासी राजकपुर मण्डलले शुक्रवार दिउँसो १०-१५ जनाको समूह लिएर मलंगवा स्थित मालपोत कार्यालयमा पत्रकार साहलाई कार्यालय प्रमुखकै कार्यकक्षबाट हातपात गर्दै बाहिर लगेका थिए।

पत्रकार साहका अनुसार, मण्डलसँग विगत ३ वर्षदेखि अदालतमा लेनदेन सम्बन्धी मुद्दा चलिरहेको थियो। साहले मण्डललाई १५ लाख रुपैयाँ दिएका थिए, तर पटक-पटक आग्रह गर्दा पनि मण्डलले रकम फिर्ता गर्न अस्वीकार गरेपछि बाध्य भएर साहले सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा साहको पक्षमा फैसला आएपछि जनकपुरको अदालतबाट समेत उनको जित भएको थियो। अदालतको आदेशअनुसार बिगो असुल गर्न सर्लाही अदालतमा पुनः मुद्दा दर्ता गरिएको थियो।

सोही क्रममा अदालतको आदेशअनुसार मण्डलको दुई कित्ता जग्गा दाखिल-खारिज गराउन पत्रकार साह मालपोत कार्यालय पुगेका थिए। तर, त्यहीँ मण्डल समूहले फिल्मी शैलीमा कुटपिट गरेको पीडित पत्रकार साहले बताएका छन्। मालपोत कार्यालयका प्रमुखसहित कर्मचारी, लेखनदास तथा अन्य सेवाग्राहीहरूको सामु नै खुलेआम भएको यो घटनाले प्रेस स्वतन्त्रता र कानूनको पालना कति कमजोर छ भन्ने देखाएको छ।

पीडित पत्रकार साहले दोषी उपर कडा कानूनी कारबाहीको माग गरेका छन्। पत्रकार माथि सार्वजनिक स्थलमा भएको यस आक्रमणको प्रेस संगठन, नागरिक समाज तथा अधिकारकर्मीहरूले घोर भर्त्सना गरेका छन्। संबंधित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउन आवश्यक छ। पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न कानूनको प्रभावकारी कार्यान्वयन हुनु अपरिहार्य छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने
स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना