सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ २८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २८ जेठ, जनकपुधराम ।
  • मधेश प्रदेशमा आज सद्गुरु कबीर दासको ६२७औं जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
  • मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

२८ जेठ, जनकपुधराम ।

मधेश प्रदेशमा आज सद्गुरु कबीर दासको ६२७औं जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो । कबीर सागरमा वर्णन अनुसार कबीर साहेबको अवतरण सन् १३९८ (संवत १४५५) जेठ महिनाको पूर्णिमा दिन ब्रह्ममुहूर्तको समयमा लहरतारा तालमा फुलेको कमलको फूलबाट भएको मानिन्छ ।त्यस स्थानबाट नीरु र नीमा नाम गरेका एक साधारण दम्पतीले उनलाई घर लगेका थिए ।

उनका अनुयायीहरू यस दिनलाई कबीर प्रकट्य दिवसको रूपमा मनाउने गर्छन् । कबीरदास १५औं शताब्दीका हिन्दी भक्ति कालका प्रमुख निर्गुण शाखाका कवि थिए । समाजमा व्याप्त कुरीति, अन्धविश्वास र धार्मिक आडम्बरको कडा आलोचक कबीरको रचनाले हिन्दी क्षेत्रमा भक्ति आन्दोलनलाई गहिरो प्रभाव पारेका छन् । उनको रचना हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरूले उनलाई गुरुका रूपमा मानेका थिए । कबीरको शिक्षामा आधारित कबीर पंथ नामक सम्प्रदाय आज पनि सक्रिय रूपमा फैलिएको छ ।

मधेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिएको खुसीमा कबीरपन्थीहरुले पूर्वसन्ध्यामा जनकपुरमा र्‍याली आयोजन गरेका थिए । जनकपुरको सद्गुरु कबीर बालबात्सल्य आश्रमबाट संचालक सत्यनारायण आलोकको नेतृत्वमा निस्केको र्‍याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेका थिए । सो अवसरमा सरकारका प्रतिनिधिको रुपमा वन तथा वातावरण मन्त्री संजयकुमार यादवलाई उनीहरुले सम्मान गरेका थिए । आज पनि कबीर पन्थीहरु विभिन्न कार्यक्रम गरी सद्गुरु कबीरको प्रकट्य दिवस मनाउँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
बिहारको मुख्यमन्त्री पदमा दाबी पेस गर्दै नितिश कुमार
घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?
दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ