मातृ स्वास्थ्य सुधारका लागि क्लिनिकल कोचिङ

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ २८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ जेठ, सर्लाही ।
  • प्रदेश अस्पताल मलंगवामा मातृ तथा नवजात स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित क्लिनिकल कोचिङ तथा मेन्टरिङ कार्यक्रम सुरु गरिएको छ।
  • कार्यक्रम प्रशिक्षित सुत्केरी सेवा प्रदायक (Skilled Birth Attendants – SBA) तथा नर्सिङ कर्मचारीहरूको क्षमता विकासमा केन्द्रित रहेको छ।

२८ जेठ, सर्लाही ।

प्रदेश अस्पताल मलंगवामा मातृ तथा नवजात स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित क्लिनिकल कोचिङ तथा मेन्टरिङ कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम प्रशिक्षित सुत्केरी सेवा प्रदायक (Skilled Birth Attendants – SBA) तथा नर्सिङ कर्मचारीहरूको क्षमता विकासमा केन्द्रित रहेको छ।

अस्पतालमा आयोजित कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन कुमार यादवको नेतृत्वमा क्लिनिकल कोचिङ र मेन्टरिङ प्रक्रिया सुरु गरिएको हो। कार्यक्रममा डाक्टर, मिडवाइफ, स्टाफ नर्स, एएनएम लगायत मातृ तथा नवजात सेवामा संलग्न स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको छ। कार्यक्रम अन्तर्गत प्रशिक्षकद्वारा स्थानमै साप्ताहिक वा मासिक कोचिङ, बेडसाइड मेन्टरिङ, केस समीक्षा, अनुगमन तथा मूल्याङ्कन लगायतका गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।

साथै, स्वास्थ्यकर्मीहरूलाई AMTSL, नवजात पुनःसांस (Helping Babies Breathe), PPH व्यवस्थापन, पार्टोग्राफ प्रयोग, संक्रमण नियन्त्रण, KMC लगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइनेछ। कार्यक्रमले मातृ तथा नवजात मृत्युदर न्यूनीकरण, सेवाको गुणस्तर सुधार तथा सेवा प्रदायकहरूको आत्मविश्वास वृद्धि गर्ने लक्ष्य राखेको छ। प्रशिक्षक टोलीमा डा. अविनाश सिंह, प्रमुख नर्स संगिता श्रेष्ठ, प्रमुख नर्स रिंकु, प्रमुख नर्स बिना यादव र एएनएम नीलम यादवसमेत सहभागी छन्। कार्यक्रमका क्रममा मासिक रूपमा जटिल केस तथा मृत्यु समीक्षासमेत गरिनेछ भने प्रशिक्षार्थीहरूको सीप र सेवाको प्रभावकारिता मूल्याङ्कन गरिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु
प्रतिकूल मौसमले उडान प्रभावित
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न