बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर १६, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   १६ मंसिर,  रौतहट।
  •   आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाइते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई  भेटेका छन्।
  • बाघको आक्रमणमा परी गम्भीर घाइते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत रहेको वीरगन्ज स्थित बयोधा अस्पतालमा गएर अध्यक्ष साहले आइतबार भेटेका हुन।

 

१६ मंसिर,  रौतहट।  आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाइते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई  भेटेका छन्।

बाघको आक्रमणमा परी गम्भीर घाइते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत रहेको वीरगन्ज स्थित बयोधा अस्पतालमा गएर अध्यक्ष साहले आइतबार भेटेका हुन।भेटको क्रममा अध्यक्ष प्रभु साहले घाइते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए। शनिवार बिहान बाघको आक्रमणमा परी घाइते भएका वडा अध्यक्ष रामजीत चौधरीको वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्।

शनिवार बिहान अस्पतालमा भर्ना भएदेखि नै  अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा
गहिरो खत लागेको छ। गुजरा १ रंगपुर गाउँछेउ को लमहा खोलाबाट बौराई चौधरी शनिवार खेतमा पानी पटाइरहेका थिए। सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासि बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साइनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथि बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्।

ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाइते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भइरहेको बताएका छन्। थप उपचारका लागि काठमाडौँ लगिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ
दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु