बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २७, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २७ जेठ, काठमाडौं ।
  • हरेक दिनझैँ आज (जेठ २७, मंगलबार) पनि जल तथा मौसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखा सम्भावित बाढीबारे चेतावनी जारी गरेको छ।
  •  आज बिहान ८ बजे जारी बुलेटिनअनुसार आगामी ३ दिन (बिहीबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।

२७ जेठ, काठमाडौं ।

हरेक दिनझैँ आज (जेठ २७, मंगलबार) पनि जल तथा मौसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखा सम्भावित बाढीबारे चेतावनी जारी गरेको छ। आज बिहान ८ बजे जारी बुलेटिनअनुसार आगामी ३ दिन (बिहीबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।

यस्तै आज सोलुखुम्बुसहित ११ जिल्ला र आसपासका खोला/नदीमा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ: आज सोलुखुम्बु, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, पर्वत, म्याग्दी, बागलुङ, सल्यान, जाजरकोट, रुकुमपश्चिम र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?