चितवनविरुद्ध काठमाण्डूको मध्यम लक्ष्य

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १२ मंसिर, काठमाडौं ।
  • ओपनर जोन सिम्पसनको अर्धशतकप्रेरित काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजविरुद्ध १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित १९.

१२ मंसिर, काठमाडौं ।

ओपनर जोन सिम्पसनको अर्धशतकप्रेरित काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजविरुद्ध १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

काठमाण्डूका सिम्पसनले ६० रनको आक्रामक इनिङ खेले । उनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । सिम्पसनले २४–३ को कठिन स्थितिबाट मिलिन्द कुमारसँग चौथो विकेटका निम्ति ९८ रनको साझेदारी गर्दै काठमाण्डूको इनिङ सम्हालेका थिए । तर, १५.६ मा मिलिन्द कुमार र लगत्तै अर्को ओभरमा सिम्पसन पनि पभेलियन फर्किएपछि काठमाण्डू बलियो योगफलसम्म पुग्न सकेन । १२२–४ को स्थितिबाट ११ रन जोड्दा काठमाण्डूले मध्य र न्यूनक्रमका पाँच विकेट गुमायो ।

मिलिन्दले ३८ रन थपे । ओपनर बेन चाल्सवर्थले १३ रन जोडे । काठमाण्डूका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । काठमाण्डूका सन्तोष यादव र गेरहार्ड इरास्मस डक भए । ओपनर आकाश त्रिपाठी र राशिद खान पनि क्रमशः चार र ६ रनमा पभेलियन फर्किए ।  काठमाण्डूलाई मध्यम योगफलमा रोक्न चितवनका सोहेल तान्विरले चार विकेट लिए । चार ओभरमा तान्विरले २५ रन खर्चिए । रञ्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट लिए । रवि बोपाराको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै