विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ २५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २५ जेठ, काठमाडौं ।
  • प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली कांग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन्।
  • आइतबार काठमाडौँमा पार्टी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताए।

२५ जेठ, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली कांग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन्। आइतबार काठमाडौँमा पार्टी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताए।

अब १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने दाबी गरे। ‘आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनैपनि समय नेतृत्वमा हुँदैनौँ,’ ओलीले भने, ‘अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौँ। हामीले सम्झौता गरेका छौँ। हाम्रो उद्देश्य मिसन ०८४ यो कुनै अन्योलको अमूर्त कुरा होइन। मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने हो। यो राष्ट्रिय शक्ति त छँदैछ। तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नुपर्छ, मिसन ०८४ मा।’ उनले थपे, ‘त्यस उद्देश्यका साथ हामी अघि बढेका छौँ। हाम्रा विरोधीहरुले प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई मिसन ०८४ भनेको छ।

कांग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्न खोज्छन्।’ नेपाली कांग्रेसले पनि बहुमत ल्याउने भनिरहेको र आफूहरुसँग सहकार्य गरिरहेको उनको भनाइ छ।  ‘नेपाली कांग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दा गर्दै पनि,’ ओलीले भने, ‘हामी पनि भन्छौँ, बहुमत ल्याउँछौँ। कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला। तर बहुमत ल्याउने दाबी अनेकले गर्दछन्। यतिसम्म की प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छौँ। हामी त वास्तवमै मजबुत राष्ट्रिय शक्तिको रुपमा छौँ, लोकप्रिय पार्टीको रुपमा छौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?