जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २४ जेठ, काठमाडौँ ।
  • जबरजस्ती करणी गरेको अभियोगमा प्युठान र धादिङमा दुई जना पक्राउ परेका छन् ।
  • प्युठानमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२४ जेठ, काठमाडौँ ।

जबरजस्ती करणी गरेको अभियोगमा प्युठान र धादिङमा दुई जना पक्राउ परेका छन् । प्युठानमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, धादिङमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
मधेश प्रदेश सभाको ८ वर्ष पूरा
हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
रास्वपाको सचिवालय बैठक आज बस्ने