बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, नेपालगन्ज – बाँकेको कुसुममा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
  • घटनापछि पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
  • धनगढीबाट पूर्वतर्फ जाँदै गरेको बा.

 

२४ वैशाख, नेपालगन्ज –

बाँकेको कुसुममा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । घटनापछि पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको बा. प्र. ०१ – ६ क ३५९३ नम्बरको बसले भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका राप्तीसोनारी–९, ढकेरीका सुदिप सुवेदी (सुकदेव) को मृत्यु भएको हो।

मोटरसाइकल चालक हिरासिंह वली घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। ११.४० बजे दुर्घटना भएको थियो। आफन्ती तथा स्थानीयले २।३० बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, कुसुममा घटना भएको थियो। त्यही नै बसेर स्थानीयले बाटो अवरुद्ध गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको श*व फेला
धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छौं- नेपाली सेना
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र