कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ १०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १० जेठ, काठमाडौं ।
  •   कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ।
  • कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका अनुसार बहुवर्षे योजना अन्तर्गत ५ करोडदेखि ७५ करोड रुपैयाँ माथिका ६ वटा योजना स्वीकृत भएका हुन्।

 

१० जेठ, काठमाडौं । 

कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ। कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका अनुसार बहुवर्षे योजना अन्तर्गत ५ करोडदेखि ७५ करोड रुपैयाँ माथिका ६ वटा योजना स्वीकृत भएका हुन्। मेन्याङ्वोको सचिवालयका अनुसार सबैभन्दा ठूलो योजना अन्तर्गत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने सडक योजनाका लागि ७५ करोड १३ रुपैयाँको योजना स्वीकृत भएको छ।

यस्तै तमोर करिडोर सडक जोड्ने फुङलिङ वडा नं ९ र वडा नं १० क्षेत्रमा पर्ने हाङदेवा खोलामा मोटरेवल पुल निर्माणका लागि ५ करोड १९ लाख, मेरिङदेन गाउँपालिका वडा नं ३ र मिक्वाखोला गाउँपालिका वडा नं १ जोड्ने मेवाखोला मोटरेवल पुलका लागि ८ करोड ७१ लख रुपैयाँको योजना समेत स्वीकृत भएको छ। आठराई त्रिबेणी मार्गमा पर्ने सोबुवाखोला मोटरेवल पुलका लागि ५ करोड ७९ लाख, आठराई त्रिबेणी गाउँपालिकामा पर्ने चुँवाखोला गाईतर्ने मुहान भई पालिका आसपास हुँदै पञ्चमी कोलचौर सिँचाइ योजनाका लागि ६ करोड २० लाख र मैवाखोला गाउँपालिकामा पर्ने बुङधाक–तुम्बे–नेरा सिंचाई योजनाका लागि ६ करोड १० लाख रुपैयाँको बहुवर्षे योजना स्वीकृत भएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई विद्यार्थीको मृ*त्यु
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
अट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट २ नेपाली नर्सको मृ*त्यु