छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ८ जेठ, अछाम।
  •   अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ का ५८ वर्षीय टेकबहादुर साउद र उनकी श्रीमती ५५ वर्षीय देउमा साउद भारत जान भनेर बुधबार घरबाट निस्किए।
  • उनका दुई छोरा भारतमा छन्।

 

८ जेठ, अछाम। 

अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ का ५८ वर्षीय टेकबहादुर साउद र उनकी श्रीमती ५५ वर्षीय देउमा साउद भारत जान भनेर बुधबार घरबाट निस्किए। उनका दुई छोरा भारतमा छन्।  कान्छा छोरा विष्णु छत्तीसगढमा व्यवसाय गर्छन्। साउद दम्पती पनि भारत आउजाउ गरिरहन्थ्यो। छोरासँग भेटघाट पनि गर्ने र त्यहीँ व्यवसायमा सघाउने भनेर उनीहरू घरबाट हिँडेका थिए। बिहीबार कैलालीको धनगढी पुगेका उनीहरूसँग अरू गाउँले पनि थिए। जिप बुक गरेर लखनउसम्म यात्रा तय गरे, उनीहरूले। तर, पलिया–लखनउ सडकखण्डमा उनीहरू सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएर भयानक दुर्घटना भयो। दुर्घटनामा साउद दम्पतीको ज्यानै गयो।

‘छोराहरू भारतमै मःमको ठेला चलाउँछन्। आमाबुवा भेटघाटका लागि त्यता गइरहन्थे,’ बान्नीगढी जयगढ गाउँपालिका–५ का अध्यक्ष टेकबहादुर साउद भन्छन्, ‘जिपमा ८-९ जना सवार रहेको कुरा सुनेको छु।’ बान्नीगढी जयगढ गाउँपालिका–३ का अमिन साउद, उनकी श्रीमती र ७ वर्षीय छोरा अंशुसहित उनीहरूसँगै भारत जाँदै थिए।  घरमा ६० वर्षीया हजुरआमा अदोमती छन्। अदोमतीले टीकोटालो गरेर बुधबार छोरा, बुहारी र नातीलाई बिदाइ गरेकी थिइन्। अमिन पनि भारतमा काम गर्न गइरहन्छन्। दुर्घटनामा उनका छोरा अंशुको पनि मृत्यु भएको छ भने बुबाआमा घाइते भएका छन्।  बान्नीगढी जयगढ गाउँपालिका–३ का अध्यक्ष नवराज साउदका अनुसार दुर्घटनापछि धनगढीमा रहेका नजिकका आफन्त र समाजसेवी त्यतातिर गएका छन्। घाइतेको उपचार भइरहेको जानकारी आएको उनले बताए। हजुरआमाले टीकोटालो गरेर छोरा, बुहारी र नातिलाई बिदा गरेको भन्दै थिए। आज यस्तो दुःखद खबर सुनियो,’ उनी भन्छन्, ‘वृद्ध अदोमतीलाई आजै मैले उनकै कामका लागि मंगलसेन पठाएँ। दुःखद् खबर सुनाउनै सकेको छैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
मंसिर ८ गतेदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी