सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ, काठमाडौं ।
  • सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
  • आज बिहान ९ बजेर २० मिनेटमा उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए ।

 

४ जेठ, काठमाडौं ।

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।आज बिहान ९ बजेर २० मिनेटमा उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए ।

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद ’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
बझाङको सैपाल केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्पको धक्का
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै