वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३ जेठ,काठमाडौँ ।
  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ ।
  • सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

३ जेठ,काठमाडौँ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ । सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गर्नुभएको थियो । साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो । मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
आज विश्व वातावार‌ण दिवस मनाइँदै
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार