विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  • रास्वपाकी सांसद निशा डाँगीले विद्युत प्राधिकरणको नाफा घाटाबारे ऊर्जामन्त्री दीपक खड्काको जवाफ मागेकी छन्।
  • प्रतिनिधि सभाको बैठकमा बोल्दै केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा रहेको भन्ने सुनिएको भन्दै त्यसबारे मन्त्रीले जवाफ दिनुपर्ने बताइन्।

 

२४ वैशाख, काठमाडौं ।

रास्वपाकी सांसद निशा डाँगीले विद्युत प्राधिकरणको नाफा घाटाबारे ऊर्जामन्त्री दीपक खड्काको जवाफ मागेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा रहेको भन्ने सुनिएको भन्दै त्यसबारे मन्त्रीले जवाफ दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु।’ उनले मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न पनि सरकारलाई सुझाव दिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ