यू-१९ साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल-भारत आमनेसामने
सारांश
- ३० वैशाख, काठमाडौं ।
- यू १९ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।
- खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

३० वैशाख, काठमाडौं ।
यू १९ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

यसअघिको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले हराएको थियो भने श्रीलंकाविरुद्ध नै भारतले ८–० गोल गरेको थियो । तर गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ । समूह विजेता बन्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ भने भारतलाई बराबरी गरे पुग्छ ।

प्रतिक्रिया