प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ २५, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २५ असार, काठमाडौं ।
  •   आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।
  • सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची छ ।

२५ असार, काठमाडौं । 

आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । यसैगरी उनले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न लागिएको छ । सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले आजको बैठकमा राख्नेछन् । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु
पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ