जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख २८, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   २८ वैशाख,  जनकपुरधाम – जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा जित निकाल्दै धनुषा सेमिफाइनलमा प्रवेश गरेको छ।
  • आइतबार भएको दिनको पहिलो खेलमा सितामढीबाट १६८ रनको लक्ष्य पाएको धनुषाले ११.
  • ४ ओभरमा ४ विकेट गुमाउँदै १३२ रन बनाएपछि डिएल मेथडबाट खेल जितेको छ।

 

२८ वैशाख,  जनकपुरधाम –

जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा जित निकाल्दै धनुषा सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दिनको पहिलो खेलमा सितामढीबाट १६८ रनको लक्ष्य पाएको धनुषाले ११.४ ओभरमा ४ विकेट गुमाउँदै १३२ रन बनाएपछि डिएल मेथडबाट खेल जितेको छ।

धनुषाको तर्फबाट विशाल सुशलिङ्गले १३ बलमा ३२, अखिलेश यादवले २१ बलमा ३२, मयन यादवले १८ बलमा २९, साजन यादवले १४ बलमा अविजित २३ रन बनाउँदा हिमान्सु दत्तले ५ रन बनाए। बलिङ्गमा सितामढीको तर्फबाट मुकुल रञ्जनले ३ ओभरमा ४४ रन दिएर ३ विकेट लिँदा गुड्डु एले ४ बलमा ५ रन दिएर एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ्ग गरेको सितामढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।

सितामढीको तर्फबाट वैभव मिश्रले ३९ बलमा ६१ रन बनाउँदा राघव आर्याले २३ बलमा ५० रन बनाएका थिए। यस्तै, अनिकेत आर्याले २८ रन बनाउँदा बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा धनुषाका रुपेश यादवले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिँदा रामरुप यादव, अविजित मण्डल र हिमांशु दत्तले समान १/१ विकेट लिए। ३ विकेट लिएका यादवलाई म्यान अफ द म्याच दिइएको छ। अहिले दोस्रो खेल सर्लाही र मुजफ्फरपुरबीच सुरु भएको छ। जनकपुरधाम मेयर कपमा मधेस प्रदेशको ८ वटा टिम र भारतको ४ वटा टिम सहभागी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
उच्च अंकले घटेको सुनको मूल्य आज फेरि बढ्यो, तोलाको कति पुग्यो?
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १५ जना पक्राउ
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित