मधेश भारतको साथमा छ-आज पनि, भोलि पनि, र सदैव : मुख्यमन्त्री सिंह

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख २७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं, २७ बैशाख ।
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारते आतंकवादविरुद्ध गरेको प्रतिकारको प्रयासलाई समर्थन गरेका छन् ।
  • उनले आतंकविरुद्धको लडाई कुनै एक देशको मात्र नभएर सबैको साझा लडाईं भएको उल्लेख गरेका छन् ।

 

काठमाडौं, २७ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारते आतंकवादविरुद्ध गरेको प्रतिकारको प्रयासलाई समर्थन गरेका छन् । उनले आतंकविरुद्धको लडाई कुनै एक देशको मात्र नभएर सबैको साझा लडाईं भएको उल्लेख गरेका छन् । मुख्यमन्त्री सिंहले पहलगाममा भएको हमलालाई कायरको संज्ञा दिँदै मानवताविरुद्धको अपराध भनेका छन् । उनले भनेका छन्,‘म मधेश प्रदेशको मुख्यमन्त्रीको हैसियतले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गर्दछु। भारतमाथि भएको आक्रमणप्रति हाम्रो धारणा स्पष्ट छ—आतङ्कवादको कुनै धर्म, जात, वा सिमाना हुँदैन। यस्तो कायरता मानवता विरुद्धको अपराध हो, र यसको प्रतिकार आवश्यक छ।’

उनले आजको घडीमा नेपाल र नेपालीलई चुप लाग्नु नभएर सत्यको पक्षमा बोल्न आवश्यक रहेको पनि औंल्याएका छन् । उनले थप भनेका छन्,‘आतङ्ककारीहरूलाई मौन साथ होइन, खुलेर प्रतिकार चाहिन्छ। मधेश भारतको साथमा छ आज पनि, भोलि पनि, र सदैव।’ मुख्यमन्त्री आफ्नो फेशबुक पेजमा लेखेका छन– जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइनन्—उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे। आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ। जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ ।

भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो। मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेका छन्। हाम्रो प्रदेशले पनि विगतमा अनेकौं पीडा र संघर्ष भोगेको छ, त्यसैले हामी भारतका आम जनताको पीडामा गहिरो आत्मीयता महसुस गर्छौं। म मधेश प्रदेशको मुख्यमन्त्रीको हैसियतले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गर्दछु। भारतमाथि भएको आक्रमणप्रति हाम्रो धारणा स्पष्ट छ—आतङ्कवादको कुनै धर्म, जात, वा सिमाना हुँदैन। यस्तो कायरता मानवता विरुद्धको अपराध हो, र यसको प्रतिकार आवश्यक छ। आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ। आतङ्ककारीहरूलाई मौन साथ होइन, खुलेर प्रतिकार चाहिन्छ। मधेश भारतको साथमा छ—आज पनि, भोलि पनि, र सदैव।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराका प्र.जि.अ.विरुद्ध किन तातिय सांसद किशान श्रेष्ठ
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
अमेरिकी डलर घट्दा युरो र अष्ट्रेलियन डलर बढ्यो, अरुको कति ?