बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २५ कात्तिक,विराटनगर ।
  • बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ ।
  • पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ ।

२५ कात्तिक,विराटनगर ।

बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ । पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् ।

मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो । आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । १२२ क्षेत्रमा एक करोड ७४ लाख महिलासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ । नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए । अन्तिम चरणको मतदानले नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोहोरो अंकले घट्यो सेयर बजार
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता
सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु