लाखौंको भन्सार छलिको सामानसँगै ३ मोटरसाईकल बरामद

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २६ वैशाख, रौतहट ।
  • जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको बिभिन्न सामान सहित तीनथान मोटरसाईकल बरामद गरेको छ।
  • बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका १ स्थीत भारतबाट अबैध रुपमा भित्र्याएको कपडा, किराना , लगायतका सामान बोकेको तीनथान मोटरसाईकल बरामद गरेको हो।

२६ वैशाख, रौतहट ।

जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको बिभिन्न सामान सहित तीनथान मोटरसाईकल बरामद गरेको छ। बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका १ स्थीत भारतबाट अबैध रुपमा भित्र्याएको कपडा, किराना , लगायतका सामान बोकेको तीनथान मोटरसाईकल बरामद गरेको हो।

प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाईकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ। तस्करीको सामान बोक्न प्रयोग गरिएको विआर ०६ ,७१४५, विआर ०५ एएम ६२५० र एउटा नम्बर नभएको मोटरसाईकल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

त्यसैगरी जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले बिहीबार एक लाख २६ हजार बराबरको किराना लगायतको सामान बरामद गरेको छ। बरामद कपडा, किराना लगायतका सामान संगै तीनवटै मोटरसाईकलको कुल चार लाख ४२ हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि बिहीवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
यी हुन् एसएसपीका दावेदारहरु
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो