यी हुन् एसएसपीका दावेदारहरु

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक २६, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २२ कार्तिक , काठमाडौं ।
  • नेपाल प्रहरीमा सिनियर प्रहरी अधिकृत नायब महानिरीक्षक (डिआईजी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म एकसय भन्दा बढी पद रिक्त छ ।
  • त्यसैले प्रहरी प्रधान कार्यालय तत्कालै बढुवाको तयारीमा जुटेको छ ।

 

२२ कार्तिक , काठमाडौं । नेपाल प्रहरीमा सिनियर प्रहरी अधिकृत नायब महानिरीक्षक (डिआईजी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म एकसय भन्दा बढी पद रिक्त छ । त्यसैले प्रहरी प्रधान कार्यालय तत्कालै बढुवाको तयारीमा जुटेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा भाग लिन अहिले बेलायतमा छन् । १९ देखि २२ कात्तिकसम्म सञ्चालन हुने उक्त महासभाको समापनपछि उनी नेपाल फर्कनेछन् । त्यसपछि बढुवा गर्ने तयारी रहेको स्रोत बताउँछ । बढुवामा सबैभन्दा बढी चर्को प्रतिस्पर्धा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मै देखिएको छ । हाल एसएसपीका १२ पद रिक्त छन् । यसका साथै प्रहरी नायब महानिरीक्षक (डिआईजी)को समेत ८ दरबन्दी रिक्त छन् ।

रिक्त डिआईजीको दरबन्दीमा ८ एसएसपीको बढुवा सिफारिस गरेपछि रिक्त एसएसपीको दरबन्दी २० पुग्छ । त्यसैले एसएसपी बढुवाका आकांक्षी ४० भन्दा बढी प्रहरी उपरीक्षक (एसपी) छन् । पहिले डिआईजी बढुवा गरेपछि एसएसपीको बढुवा गर्ने तयारी भएकाले रिक्त हुने २० एसएसपीका लागि दुई ब्याचीबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरु र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरुबीच हुनेछ । २०५६ मा भर्ना भएकाहरुमध्ये ६ जना अहिले पनि एसपी छन् ।

जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् । यद्यपी उनीहरु पनि २०५८ कै टोलीसँग एसपीमा बढुवा भएका थिए । २०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरु पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा पहिलो लटमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए । २०५८ का ब्याचीहरु पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए । कार्की, सिंह र बस्नेत भने २०५८ कै टोली दोस्रो लटमा २०७७ वैशाखमा हुँदा उनीहरु पनि बढुवा भएका थिए ।

यसरी पनि अहिलेको एसएसपी बढुवा अलि पेचिलो बनेको बताइन्छ । हालका आईजीपी कुँवर प्रहरी संगठनमा नेतृत्व विकास गर्नेगरी बढुवाको तयारीमा रहेको प्रहरी प्रधान कार्यालयका कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् । यता, २०५८ को ब्याचबाट रमेश थापा पहिलो नम्बरमा बढुवा हुने सम्भावना छ । साथै दोस्रो, तेस्रो र चौथो वरियतामा कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसको लागि विवादित एसपीहरु लागिपरेका छन्, तर आईजीपी कुँवर उनीहरुलाई अगाडि ल्याउन त परै जाओस् बढुवामै सिफारिस नगर्ने पक्षमा रहेको स्रोत बताउँछ ।

२०७५ फागुन ३ मा एसपी बढुवा भएको सूचीबाट विवादमा परेका प्रकाश रानाभाट र कमल थापा बाहेक जनार्दन जीसी, कृष्ण कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, नवराज अधिकारी र बीरबहादुर बुढालगायतको टोली बढुवामा पर्ने देखिन्छ । त्यस्तै होविन्द्र बोगटी, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अजय केसी, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, बेद विष्ट, राजेन्द्र धमला पनि बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये बोगटी, ज्ञवाली, ढकाल, राठौर, धमला प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृत हुन् ।उनीहरु एसएसपी बढुवा सिफारिस भएपछि ३२ प्रहरी उपरीक्षक (एसपी) र ६४ नायब उपरीक्षक (डीएसपी)को पनि पद रिक्त हुनेछ । लगत्तै एसपी र डिएसपी बढुवा समेत निस्किने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो
यस्तो छ तपाइको आजको राशिफल
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन