भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २६ वैशाख, काठमाडौँ ।
  •   भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल २०२५ लाई अनिश्चितकालका लागि स्थगित गरेको छ ।
  • यो निर्णय कश्मीरमा भएको हिंसात्मक घटनापछि भारतले पाकिस्तानमा गरेको हवाई आक्रमण र त्यसपछि उत्पन्न भएको सीमा विवादका कारण लिइएको हो ।

२६ वैशाख, काठमाडौँ । 

भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल २०२५ लाई अनिश्चितकालका लागि स्थगित गरेको छ । यो निर्णय कश्मीरमा भएको हिंसात्मक घटनापछि भारतले पाकिस्तानमा गरेको हवाई आक्रमण र त्यसपछि उत्पन्न भएको सीमा विवादका कारण लिइएको हो । पाकिस्तानले पनि जवाफी कारवाही गर्दै ५० जना भारतीय सैनिकको मृत्यु भएको दावी गरेको छ ।

बीसीसीआई स्रोतका अनुसार बीसीसीआई अहिले राष्ट्रसँग एकजुट हुन चाहन्छ र त्यसैले आईपीएल २०२५ लाई तत्काल प्रभावबाट स्थगित गरेको छ। ‘हालका लागि आईपीएल पुनः प्रारम्भ हुने कुनै निश्चित मिति तय गरिएको छैन । यो निर्णय भारत र पाकिस्तानबीचको बढ्दो तनाव र सुरक्षाको दृष्टिकोणले लिइएको हो‚ बीसीसीआईका एक सदस्यले सञ्चारकर्मीहरुलाई भनेका छन् ।

यसबीच, पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिग का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरेको छ । यसको उद्देश्य खेलाडीहरूको सुरक्षालाई सुनिश्चित गर्नु हो । भारतमा भने बीसीसीआईले आईपीएल जारी राख्ने वा नगर्ने निर्णय सरकारको सल्लाह अनुसार लिने बताएको थियो । अहिलेको स्थिति दुवै देशका लागि संवेदनशील रहेको छ र खेलकुद गतिविधिहरूमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना