चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन ७, २०८०
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
  • केही दिनयता चन्द्रयानलाई सम्पर्क गर्न खोजे पनि भारतको अन्तरिक्ष संस्था इस्रो सफल भएकाे छैन ।
  •   अगस्ट २३ मा चन्द्रमा पुगेको चन्द्रयानले दुई हप्तासम्म फोटो खिच्यो र डेटाहरू संकलन गरेकाे थियाे ।

चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ । केही दिनयता चन्द्रयानलाई सम्पर्क गर्न खोजे पनि भारतको अन्तरिक्ष संस्था इस्रो सफल भएकाे छैन ।  अगस्ट २३ मा चन्द्रमा पुगेको चन्द्रयानले दुई हप्तासम्म फोटो खिच्यो र डेटाहरू संकलन गरेकाे थियाे । चन्द्रमामा रात परेपछि त्यसलाई स्लिप मोडमा राखिएको थियो ।

चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ । यसको अर्थ चन्द्रमामा १४/१४ दिन//रात हुन्छ । यतिबेला चन्द्रमामा दिन सुरु भइसकेको छ । दिन सुरु भएपछि घामको प्रकाशले चन्द्रयानको ब्याट्री रिचार्ज हुने र त्योसँग सम्पर्क हुने अनुमान थियो । तर, सेप्टेम्बर २२ अर्थात् गत शुक्रबारदेखिको सम्पर्क स्थापित गर्ने प्रयास सफल हुन नसकेको इस्रोले जनाएको छ ।

चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डर दुवै स्पिलमोडबाट सक्रिय नभएका हुन् । शुक्रबार मात्र इस्रोले सामाजिक संजाल एक्समा भनेको थियो, ‘विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी रहनेछ ।’ चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको थियो भने भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने अमेरिका, रुस र चीनपछि चौथो राष्ट्र बनेको छ ।

चन्द्रयान–३ सम्पर्कविहीन भइरहँदा भारतीय अन्तरिक्ष संस्था इस्रोका पूर्वप्रमुख किरण कुमारले चन्द्रयान–३ अन्तरिक्षयानको ब्याट्री बिग्रिएको हुनसक्ने अनुमान गरेका छन् । उनी भन्छन्,‘चन्द्रमाको दक्षिणी ध्रुवनजिक रातको तापक्रम नियमित रूपमा माइनस २०० डिग्री सेल्सियस देखि २५० डिग्री सेल्सियससम्म झर्छ, भारतको अन्तरिक्षयानको ब्याट्री यतिको न्यून तापक्रममा सञ्चालन गर्न डिजाइन गरिएको थिएन ।’  अहिलेको अवस्थाले पनि चन्द्ररातको अत्यधिक चिसोले ब्याट्रीहरूलाई क्षति पुर्‍याएको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।
सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
महाधिवेशन तयारीसहित रास्वपाको विस्तारित बैठक सौराहामा
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला