अनलाइनबाट साढे २ करोड बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २५ वैशाख, जनकपुरधाम ।
  • अनलाइन माध्यमबाट साढे दुई करोडभन्दा बढी ठगी गरेको अरोपमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षीय रामकुमार महरा छन् ।

 

२५ वैशाख, जनकपुरधाम ।

अनलाइन माध्यमबाट साढे दुई करोडभन्दा बढी ठगी गरेको अरोपमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षीय रामकुमार महरा छन् ।

 

यस्तै महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीरकुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह र सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेशकुमार छन् । उनीहरूलाई बिहीबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार पक्राउ परेका युवकहरू कुलतमा संलग्न छन् । अनलाइनमाध्यमबाट विभिन्न किसिमको मोबाइल तथा लत्ता कपडा लगायत सामानहरू सस्तोमा दिने भनी इन्सटाग्राम, टिकटक, फेसबुक, ह्वाट्सप लगायत सामाजिक

 

सञ्जालमा एकाउन्ट पेज प्रयोग गरी प्रलोभन देखाएर ठगी गर्दै आएको डीएसपी सिंहले बताए । सामान खरिद गर्ने भनी सामाजिक सञ्जालको प्रयोग गरी सम्पर्क गर्दा अग्रिम भुक्तानी लिने गरेको र पैसा लिइसकेपछि उनीहरूलाई ब्लक गरी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न बैंक तथा वालेट गरी १८७ वटा खाताहरूको विवरण फेला परेको र उक्त खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको देखिएको डीएसपी सिंहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, आज सार्वजनिक बिदा
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी