अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  •   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोटबाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन्।
  • बुधबार गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइ सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका छन्।

 

२४ वैशाख, काठमाडौं । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोटबाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन्।बुधबार गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइ सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका छन्।

जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ। पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ। उनले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने, प्रिन्ट गर्न सक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ । म्यानपावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौं । अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन। त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
बढ्यो सुनको मूल्य,अब प्रतितोला कति ?
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित