यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २७ कार्तिक, आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालकी कप्तान पूजा महतोले शतक प्रहार गरेकी छन्।
  • उनी नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी पनि बनेकी हुन्।
  • यसअघि सियिनर टोलीका लागि रुविना क्षेत्रीले पहिलो शतक प्रहार गरेकी थिइन्।

 

२७ कार्तिक, आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालकी कप्तान पूजा महतोले शतक प्रहार गरेकी छन्। उनी नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी पनि बनेकी हुन्।

यसअघि सियिनर टोलीका लागि रुविना क्षेत्रीले पहिलो शतक प्रहार गरेकी थिइन्।  पूजाले ५६ औं बलमा शतक पूरा गरेकी हुन्। पूजाले आफ्नो इनिङमा १४ चौका प्रहार गरिसकेकी छन्। ६१ बल खेलेकी पूजाले नटआउट ११६ रन बनाएर खेलिरहेकी छन्। उनलाई सोनी पाख्रिनले २३ बलमा २८ रन बनाएर साथ दिइरहेकी छन्।  १७ औा ओभरको खेल सकिँदा नेपालले २ विकेटको क्षतीमा १८२ रन बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?