कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २३ वैशाख,काठमाडौँ ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको बताएका छन् ।
  • सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाको यस्तो भनाइ बाहिर आएको हो ।

 

२३ वैशाख,काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको बताएका छन् । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाको यस्तो भनाइ बाहिर आएको हो । पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमा

सभापति देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् । ‘वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन,’ देउवाले भने । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषयमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र काङ्ग्रेसबिच मतैक्यता नभएको चर्चा भइरहेको बेलामा देउवाले भने राष्ट्र बैङ्कभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए ।उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो कारणले गभर्नर नियुक्तिमा ढिलाइ नभएको दाबी गरे । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’ देउवाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?
वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’   
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
कोटेश्वरको भाटभटेनीमा तोडफोड
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
नेपालमा टेलिग्राम एप बन्द