प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख २१, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २१ वैशाख, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२१ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् ।

माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुअघि आइतबार द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग भेट गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उनीहरूले प्रधानमन्त्री ओलीसँग माग गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटमा द्वन्द्वपीडित नेतृ देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज दुई वटा समितिको बैठक बस्दै
यस्तो रहने छ आजको मौसम
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित
राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
आज नागको पूजा गरी मनाइँदै नागपञ्चमी