रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १२ असार, काठमाडौं ।
  • आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा.
  • मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् ।

१२ असार, काठमाडौं ।

आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् । ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् । न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मूलत: दुईवटा माग राखेको बताए ।

‘पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीमा मनोनयन गरेको छ, मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको छ’, उनले भने, ‘तर, निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा म नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको हुँ ।’ तर, सर्वोच्च अदालतको वेवसाईटमा भने ढकालको रिट निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाएको देखिंदैन । त्यसबाहेक रास्वपामा आफूलाई महामन्त्रीको रुपमा काम गर्न नदिइएको भन्दै उनले महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने अर्को माग पनि राखेको बताए ।

उनले त्यसका लागि रास्वपा, त्यसको केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका हुन् । निर्वाचन आयोगले गतसाता ढकालका नाममा एक पत्र पठाइ उनी नै रास्वपाका महामन्त्री रहेको विवरण उपलब्ध गराएको थियो । निर्वाचन आयोगको सूचना सार्वजनिक भएलगत्तै रास्वपाले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो । त्यसका साथै उसले फेरि अर्को विवरण आयोगमा पठाएको छ, जुन अहिलेसम्म अद्यावधिक भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
हामी केवल तथ्यांक होइन, जीवनको उत्सव मनाइरहेका छौं- डा. सचिन यादव