राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १७ वैशाख, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन्।
  • राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेको बताए।
  • उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे।

 

१७ वैशाख, काठमाडौँ–

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेको बताए। उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे।

‘रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ। तिनले कराएर केही हुँदैन। अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ,’ उनले भने, ‘त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनु पर्नेछ। यो काममा तपाईँ, हामी, सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ।’ प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा सकारात्मक र प्रेरणामूलक चलचित्र र नाटक बनाउँदा हेर्ने दर्शकको कमी नहुने धारणा राख्दै सांस्कृतिक, कला, भाषालगायत मुलुकका विविधता संरक्षण र प्रवर्द्धन गर्ने किसिमका चलचित्र र नाटक निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा
पहिराले मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध
विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैन : प्रधानमन्त्री ओली
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा 
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय