भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक २७, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ कात्तिक, काठमाडौं ।
  • सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
  • आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

२७ कात्तिक, काठमाडौं । सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका अनुसार भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरुलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

सरकारले यसअघि भूकम्पमा परी ज्यान गुमाएकाहरुलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त रकम भूकम्प पीडितहरुलाई वितरण गर्ने क्रम जारी छ । कात्तिक १७ गतेको मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, त्यसको छिमेकी जिल्ला रुकुम पश्चिम र सल्यानका बस्तीहरुमा पनि क्षति पुगेको छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको विवरण अनुसार भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५३ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएका छन् । कतिपय घरबारविहीन भएकाहरु खेतबारी, सडक किनार र खुला चौरहरुमा त्रिपाल टाँगेर बसिरहेका छन् । अहिलेको जाडोको समय र आउने वर्षाको समयमा उनीहरुलाई जोगाउनुपर्ने चुनौती छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
एमालेको केन्द्रीय समितिको बैठक बस्दै
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?