रास्वपा सांसद झालाई रवीन्द्र मिश्रको चिन्ता, राज्यले दुर्व्यवहार गरेको आरोप

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाए।
  • मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमत नभए पनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरे।
  • ‘रवीन्द्र मिश्रज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ।

 

१६ वैशाख, काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाए। मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमत नभए पनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरे।

‘रवीन्द्र मिश्रज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ। त्यसैले त्यसमा सच्याइयोस्’ उनले भने। उनले गत वैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित दाबी समेत गरे। वैशाख १४ काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो, एक झापु लगाए, ठिक गरेर हिरासतमा पुर्याए’ भनेर स्विकारेको भन्दै उनले अब आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविवाद गर्न नआउन भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु
पेप्सीकोला टाउनप्लानिङबाट ६० लाख लुटपाट, २० जना पक्राउ
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन